Main News

लुम्बिनी प्रदेश राष्ट्रियसभा उपचुनावमा चार मन्त्रीले मत दिन नपाउने (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ १० गते १९:२२

१० जेठ २०७८ बुटवल । लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सदस्य चयनका लागि १७ गते हुने उपनिर्वाचनमा ४ जना मन्त्रीले मत दिन नपाउने भएका छन्।

लुम्बिनी प्रदेशका मन्त्रीहरु सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, कल्पना पाण्डे र सुमन शर्मा रायमाझीले मत दिन नपाउने हुनु भएको हो । सर्वोच्च अदालतको आदेशा अनुसार उहाँहरु प्रदेश सभा सदस्यमा बहाल भए पनि उपनिर्वाचनका लागि निकालिएको मतदाता नामावलीमा उहाँहरुको नाम छैन ।

८७ जना सदस्य रहेको लुम्बिनीमा प्रदेशसभाले जनता समाजवादी पार्टीले कारबाही गरेका चार जना, नेकपा माओवादी केन्द्रले कारबाही गरेका दुई जना र नेकपा एमालेबाट राजीनामा गरेका दुई जना गरी आठ जना सांसदको पद रिक्त भएको पत्र निर्वाचन आयोगलाई पठाएको थियो।

प्रदेशसभा सचिवालयले पठाएको पत्रका आधारमा निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गरिएको छ । त्यसमा उहाँहरुको नाम नभएको प्रदेश निर्वाचन कार्यालय लुम्बिनी प्रदेश दाङले जनाएको छ।

१७ गते हुने उपचुनावमा एमालेबाट चन्द्रबहादुर खड्का र नेपाली कांग्रेसबाट दुगनारायण पाण्डे प्रतिस्पर्धामा हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *