Main News

नेपाललाई प्राथमिकतामा राखेर खोप दिन अमेरिकासँग आग्रह

हिमालय टिभी
२०७८ जेठ १० गते १५:५२
नेपाललाई प्राथमिकतामा राखेर खोप दिन अमेरिकासँग आग्रह

१० जेठ २०७८ काठमाडौं । नेपालले कोरोना प्राथमिकतामा राखेर कोरोना विरुद्धको खोप दिन अमेरिकासँग आग्रह गरेको छ ।

अमेरिकी उपविदेशमन्त्री वेन्डी सेर्मनसँग बिहान टेलिफोन संवाद गरी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले खोपका लागि नेपाललाई प्राथमिकतामा राख्न आग्रह गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अमेरिकाले विभिन्न मुलुकलाई ८ करोड डोज खोप दिने तयारी गरिरहेको छ । मन्त्री ज्ञवालीले पहिलो डोज लगाएर दोस्रो डोजको प्रतीक्षामा रहेका वर्गलाई लगाउन आवश्यक खोप उपलब्ध गराइदिन अमेरिकासँग आग्रह गर्नुभएको छ ।

नेपालको आग्रहमा अमेरिका सकारात्मक रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । संवादका क्रममा सेर्मनले कोभिड महामारीविरुद्ध तथा अन्य सामाजिक(आर्थिक पक्षमा नेपाललाई बाइडेन प्रशासनले सघाउने बचन पनि दिनुभएको छ ।

उपविदेशमन्त्री सेर्मनले पाइपलाइनमा रहेका अमेरिकी परियोजनाको कार्यान्वयनले दुई मुलुकबीचको मित्रतापूर्ण सम्बन्ध अझ गाढा हुने समेत बताउनुभएको छ ।

आगामी अक्टोबरमा नेपालले होस्ट गर्ने सगरमाथा संवाद सम्मेलनको सन्दर्भमा दुबै मुलुकले जलवायु परिवर्तनबारे मिलेर काम गर्ने सहमति जनाएका छन् ।

कोभिड–१९ ले अर्थतन्त्रमा पुर्याएको क्षति उकास्न दुबै मुलुकले आर्थिक साझेदारि अघि बढाउने सहमति पनि गरेको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *