Main News

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप कडाइका साथ एक साता लम्ब्याउने तयारी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ १० गते १३:११
काठमाडौं उपत्यकामा निषेधाज्ञा थप कडाइका साथ एक साता लम्ब्याउने तयारी (भिडियो रिपोर्टसहित)

१० जेठ २०७८ काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एकसाता थपिने भएको छ ।

भाइरस संक्रमण दर स्थिर रहेकाले पुनः एक साता निषेधाज्ञा थप्ने तयारी भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

सर्वसाधारणको आवतजावत घट्न नसक्दा संक्रमण दर स्थिर रहेको प्रमुख जिल्ला अधिकारीको तर्क छ ।

निषेधाज्ञा थप्नका लागि भोलि उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठक बस्ने छ । भोलिको बैठकले निषेधाज्ञा थपसहित अन्य केही थप आदेशहरु जारी हुने छन् ।

सरकारले गतसाता ल्याएको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेशको पनि प्रभावकारी कार्यान्वयन गर्न भएकाले निषेधाज्ञालाई कडाइका साथ थप्ने तयारी भएको हो ।

अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन नदिने, अनावश्यक हिँड्डुल गर्नेलाई होल्डिङ गर्ने र मास्क नलगाउनेलाई जरिवाना गर्ने कुरालाई कडाइका साथ कार्यान्वयन गरिने प्रमुख जिल्ला अधिकारी भट्टराईले बताउनुभयो ।

अहिले जारी भएको काठमाडौं उपत्यकाको निषेधाज्ञा जेठ १३ गते मध्यरातमा सकिँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *