Main News

संसद विघटनविरुद्ध विपक्षी गठबन्धनले आज सर्वोच्चमा मुद्दा हाल्दै

हिमालय टिभी
२०७८ जेठ १० गते ७:३१
संसद विघटनविरुद्ध विपक्षी गठबन्धनले आज सर्वोच्चमा मुद्दा हाल्दै

१० जेठ २०७८ काठमाडौं । विपक्षी गठबन्धनका चार दल र एमालेको नेपाल–खनाल समूहले प्रतिनिधि सभा विघटनविरूद्ध आज सर्वोच्च अदालतमा मुद्दा हाल्ने भएका छन् ।

यसअघि आइतबार नै रिट लिएर सर्वोच्च अदालत जाने भनिए पनि तयारी नपुगेको भन्दै आजका लागि सारिएको हो ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यरातमा संसद विघटन गरेपछि विपक्षी दलले बहुमत सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट हाल्ने तयारी गरेका छन् ।

हिजो तयार भएको रिटमा सांसदले हस्ताक्षर गरेका छन् । अहिलेसम्म कति सांसदले हस्ताक्षर गरे भन्ने गठबन्धनले बताएको छैन । तर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका १ सय ४९ भन्दा बढी सांसद पुगेको दाबी गर्नुभएको छ ।

सबै सांसद जम्मा भएर कार्यालय खुल्नासाथ शशरीर सर्वोच्च अदालतमा उपस्थित हुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *