Main News

राष्ट्रपति भण्डारीद्वारा नागरिकतासम्बन्धी अध्यादेश जारी

हिमालय टिभी
२०७८ जेठ ९ गते १८:१४
राष्ट्रपति भण्डारीद्वारा नागरिकतासम्बन्धी अध्यादेश जारी

९ जेठ २०७८ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश जारी गर्नु भएको छ ।

जन्मसिद्ध नागरिकता पाएका व्यक्तिको सन्तानलाई वंशजको नागरिकता दिने गरी अध्यादेश जारी गरिएको हो । हाल जन्मको आधारमा नागरिकता पाएका व्यक्तिको सन्तानले वंशजको नागरिकता नपाउने व्यवस्था थियो ।

मधेस केन्द्रित दलको माग अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकतासम्बन्धी अध्यादेश मन्त्रिपरिषदबाट पारित गराउनु भएको थियो । यससम्बन्धि विधेयक प्रतिनिधिसभामा २ वर्षभन्दा अघिदेखि छलफलका क्रममा छ ।

२०७५ साउन २२ गतेदेखि नागरिकता ऐन संशोधन विधेयक विवादका कारण अडकिरहँदा सरकारले अध्यादेश ल्याएको हो ।

मन्त्रिपरिषदले संसद विघटन अगाडी नै अध्यादेश पारित गरेर राष्ट्रपति कार्यालयमा पठाए पनि ४ दिन पछि मात्रै जारी गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *