Main News
कोरोनाविरुद्धको खोप ल्याउन पहल भइरहेको प्रधानमन्त्री ओलीको दाबी (भिडियो रिपोर्टसहित)
२०७८ जेठ ९ गते १८:१२

९ जेठ २०७८ काठमाडौं । प्रधानमन्त्री ओलीले कोरोनाविरुद्धको खोप ल्याउन अन्तराष्ट्रिय समूदायसँग छलफल भइरहेको बताउनुभएको छ ।
आफ्नै निवास बालुवाटारमा आज संचारकर्मीसँग प्रधानमन्त्री ओलीले राष्ट्रसंघ लगायत विभिन्न मुलुकसँग खोपका लागि आफुले प्रयास गरिरहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले खोप ल्याउन निजी क्षेत्रलाई पनि अघि सार्न लागेको पनि जानकारी दिनुभयो ।
उहाँले आफु कोरोना महामारीबाट नागरिकलाई बाहिर निकाल्न प्रयासरत रहेको दाबी समेत गर्नुभयो ।
प्रतिक्रिया