Main News

कोरोना संक्रमणबाट थप १ सय ९३ जनाको मृत्यु, ७ हजार ९ सय १४ संक्रमित थपिए

हिमालय टिभी
२०७८ जेठ ९ गते १६:४२
कोरोना संक्रमणबाट थप १ सय ९३ जनाको मृत्यु, ७ हजार ९ सय १४ संक्रमित थपिए

९ जेठ २०७८ काठमाडौं । कोरोना संक्रमणबाट थप १ सय ९३ मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या ६ हजार ३ सय ४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमबाट थप ७ हजार ९ सय १४ जना थपिएका छन । १८ हजार ९ सय ६५ जनाको पीसीआर परीक्षण गर्दा ७ हजार ५ सय ९५ र ९ सय ३१ जनाको एन्टिजेन परीक्षणमा ३ सय १६ जना संक्रिमत थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

ती मध्ये काठमाडौं उपत्यकामा २ हजार ८ सय २१ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा १७ सय ६१ ललितपुरमा ६ सय ९४ र भक्तपुरमा ३ सय ६६ जनामा संक्रमण पुष्टि भएको छ ।

हाल देशभर १ लाख १५ हजार ५ सय ४७ जना संक्रिय संक्रिमत रहेको मन्त्रालयले जनाएको छ । ती मध्ये १ लाख ८ हजार ९ सय ६५ जना होम आइशोलेशनमा र ७ हजार ३ सय ४९ जना संस्थागत आइशोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

हाल देशभरका अस्पतालमा १७ सय २१ जनाको आइसीयू र ४ सय ८४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । पछिल्लो पटक संक्रमण दर र निको हुने दर बराबरी जस्तै छ ।

आज ७ हजार ६ सय ६४ जना संक्रमणमुक्त भएको मन्त्रलायले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *