Main News

राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीरमा गोबर पोत्ने पक्राउ

हिमालय टिभी
२०७८ जेठ ९ गते १५:०१
राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीरमा गोबर पोत्ने पक्राउ

९ जेठ २०७८ काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल विद्यार्थी संघले आज काठमाडौंमा प्रदर्शन गरेको छ । प्रदर्शनमा उत्रिएका केहीलाई प्रहरीले पक्राउ गरेको छ ।

नेविसंघले राष्ट्रपति र प्रधानमन्त्रीले मध्यरातमा संविधानको चीरहरण गरेको भन्दै राष्ट्रपति कार्यालय शितलनिवास अगाडी प्रर्दशन गरेको हो । प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी केहीलाई पक्राउ गरेको छ ।

यस्तै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीरमा गोबर छ्याप्दै प्रदर्शन गरेका नेविसंघका पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठीलाई प्रहरीले मध्यबानेश्वरको पिपलबोटबाट पक्राउ गरेको हो । त्रिपाठीलाई महानगरीय प्रहरी वृत्त, बानेश्वरको हिरासतमा राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *