Main News
योगेश भट्टराईले नेताहरुलाई गरे यस्तो आग्रह
२०७८ जेठ ९ गते १४:३८
९ जेठ २०७८ काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले कारबाही, प्रतिशोध र बदलाको राजनीतिले कसैलाई पनि सही गन्तव्यमा नपुर्याउने बताउनु भएको छ ।
पार्टीभित्र विवाद चर्किएका बेला नेता भट्टराईले आज फेसबुकमार्फत आफ्ना भनाइ सार्वजनिक गर्दै सबैले आफ्नो विगत हेर्नु पर्ने बताउनुभयो । उहाँले धैर्यपूर्वक संवाद गर्न पनि आग्रह गर्नुभयो ।
उहाँले पार्टी अध्यक्ष केपी ओली तथा वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई सांकेतिक रुपमा पार्टी एकता जोगाउन अनुरोध गर्नुभएको छ ।
प्रतिक्रिया