Main News
विश्व स्वास्थ्य संगठनले नेपालसहितका देशलाई स्वास्थ्य सामग्री सहयोग गर्ने
२०७८ जेठ ९ गते १३:२३
९ जेठ २०७८ काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) कोरोना भाइरसको संक्रमण बढिरहेका कारण अहिले समस्यामा रहेका नेपालसहित दक्षिण–पूर्वी एसियाली देशलाई स्वास्थ्य सामग्री दिने भएको छ ।
नेपाल, भुटान, माल्दिभ्स र श्रीलंकालगायतका देशमा ३४० मेट्रिक टनभन्दा धेरै स्वास्थ्य सामग्री पठाउने डब्ल्यूएचओले बताएको छ । डब्ल्यूएचओले दिने स्वास्थ्य सामग्री केही हप्तामा नेपाल आइपुग्नेछ ।
पछिल्लो हप्ता कोरोनाबाट समस्यामा परेको भारतमा पठाइएको स्वास्थ्य सामग्रीहरु विभिन्न २६ राज्यमा पुगेका छन् ।
गत साता चार हजार अक्सिजन कन्सन्ट्रेटर, १२० टेन्ट, चार सय मेडिकल बेड, १२ लाख रेस्पिरेटर मास्क र ६ लाख ५० हजार स्याम्पिलिङ किट्स भारत पठाइएको थियो ।
अहिले डब्ल्यूएचओले बंगलादेशमा ६० मेट्रिक टनको स्वास्थ्य सामग्रीहरु पठाएको छ ।
प्रतिक्रिया