Main News

नेपाल पक्षमाथि एमालेमा कारबाहीको तयारी, ११ जना निवर्तमान सांसदलाई सोधियो स्पष्टिकरण

हिमालय टिभी
२०७८ जेठ ८ गते १९:१४
नेपाल पक्षमाथि एमालेमा कारबाहीको तयारी, ११ जना निवर्तमान सांसदलाई सोधियो स्पष्टिकरण

८ जेठ २०७८ काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षले केही नेतालाई कारवाहीको तयारी गरेको छ । त्यसकै तयारी स्वरुप वरिष्ठ नेता माधवकुमार नेपाल सहित ११ जना निवर्तमान सांसदलाई स्पष्टिकरण सोधिएको छ ।

आज बसेको स्थायी कमिटी बैठकले नेता नेपालसहित ११ जना निवर्तमान सांसदलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले बताउनुभयो ।

विपक्षी दलका नेता शेरबहादुर देउवालाई सहयोग गरेका कारण स्पष्टीकरण सोध्ने निर्णय भएको उहाँले बताउनुभयो । हस्ताक्षर गरेका मध्ये कतिपयले कुरा फेरेकाले ११ जनालाई मात्रै स्पष्टिकरण सोध्ने निर्णय भएको ज्ञवालीले बताउनुभयो ।

स्पष्टिकरण सोधिएका अन्य निवर्तमान सांसदमा झलनाथ खनाल, भीमबहादुर रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिला खान, निरादेवी जैरु, लक्ष्मी कुमारी चौधरी र कल्याणी खड्का हुनुहुन्छ ।

स्पष्टिकरण सोधिएका मध्ये तीनजना बाहेक सबै समानुपातिक सांसद थिए । सबैलाई सोमबार बिहानसम्म स्पष्टीकरण दिन भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *