Main News

संसद विघटनविरुद्ध सर्वोच्चमा मुद्दा दायर गर्ने यस्तो छ विपक्षी दलहरुको तयारी

हिमालय टिभी
२०७८ जेठ ८ गते १७:१९
संसद विघटनविरुद्ध सर्वोच्चमा मुद्दा दायर गर्ने यस्तो छ विपक्षी दलहरुको तयारी

८ जेठ २०७८ काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका समर्थन गर्ने १४९ सांसदले संयुक्त रुपमा सर्वोच्च अदालतमा रिट हाल्ने तयारी थालेका छन् ।

देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्दै राष्ट्रपति समझ बुझाएको पत्रमा हस्ताक्षर गरेका १४९ सांसद उपस्थित भएर भोलि सर्वोच्चमा रिट दायर गर्ने तयारी भइरहेको छ ।

कानूविद्सँग छलफल गरेर रिट लेखनको काम शुरु भइसकेको नेताहरुले बताएका छन् ।

कांग्रेसका ६१, नेकपा माओवादी केन्द्रका ४९, नेकपा एमालेको नेपाल( खनाल समुहको २६, जनता समाजवादी पार्टी नेपाल जसपाका १२ र राष्ट्रिय जनमोर्चाका १ गरी १४९ जनाको हस्ताक्षर हिजो राष्ट्रपतिकहाँ बुझाइएको थियो।

उनीहरु सबैको हस्ताक्षरसहित भोलि सर्वोच्च अदालतमा रिट हाल्ने तयारी गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *