Main News

संसद विघटनविरुद्ध सामाजिक सञ्जालमा यस्तो प्रतिक्रिया (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ ८ गते १३:५४
संसद विघटनविरुद्ध सामाजिक सञ्जालमा यस्तो प्रतिक्रिया (भिडियो रिपोर्टसहित)

८ जेठ २०७८ काठमाडौं । प्रधानमन्त्रीमा कसैको पनि दाबी नपुगेको भन्दै संसद विघटन गरी चुनावमा जाने निर्णयकाविरुद्ध आक्रोशपूर्ण प्रतिक्रियाहरु आइरहेका छन् ।

कतिपयले कोरोना महामारीविरुद्ध लड्ने बेला अर्बौं रुपैयाँ खर्चेर चुनावमा जाने निर्णयको विरोध गरेका छन् । कतिपयले नहुने चुनावको घोषणा अनवरत शासन गर्ने सोचबाहेक केही नभएको प्रतिक्रिया दिएका छन् ।

केही भने फेरि यो मुद्दा सर्वोच्च अदालतमा जाने र सर्वोच्चले लिने निर्णयले नेपाली राजनीतिको भावी बाटो तय गर्ने अनुमान गरेका छन् ।

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले प्रश्नहरु फेरि पनि सर्वोच्च अदालतमा ठोक्किएको भन्दै उहाँले सर्वोच्चले गर्ने निर्णयले भावी बाटो तय गर्ने बताउनु भएको छ । भूराजनीतिक चलखेल, आन्तरिक राजनीति र व्यक्तिहरुको महत्वाकांक्षाको असर सर्वोच्चमा नपरोस् भन्ने उहाँको कामना छ ।

जनस्वास्थ्य विज्ञ डा समीरमणि दीक्षितले कोरोना भाइरसविरुद्धको खोप विना चुनावमा जान नपाइने उल्लेख गर्नु भएको छ । उनले ट्वीटरमा लेख्नु भएको छ, ‘म राजनीति बुझ्दिनँ, तर विकसित घटनाक्रममा मेरो एकल माग छ, अधिकांश जोखिम समूह लगायतलाई विनाखोप चुनावमा जान पाइन्न ।’

एमाले नेता डा विजय पौडेलले फेरी पनि संविधान सिध्याउने प्रतिगामी खेल खेलेर मुलुकलाई अध्यारो सुरुङतिर लैजान खोजिएको टिप्पणी गर्नु भएको छ ।

लेखक मुमाराम खनालले कथित निर्वाचनको कुरा गरिएको टिप्पणी गर्नु भएको छ । ओलीलाई कुनै पनि संस्थागत संरचनाका नियम, विधि र मर्यादाप्रति सरोकार र रुचि नभएको जिकीर गर्नु भएको छ ।

विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले पछिल्लो कदमलाई संविधानको हत्या गर्ने र सत्ता कब्जा गर्ने षडयन्त्रको रुपमा बुझेको र सत्ता कब्जा गर्ने षड्यन्त्रबाट आफूहरु चुप नबस्ने बताउनु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *