Main News
ओलीको सर्वसत्तावादको प्रतिवाद गर्न नेता नेपालको आह्वान
२०७८ जेठ ८ गते १३:१५

८ जेठ २०७८ काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मध्यावधि चुनाव गराउने घोषणा सर्वसत्तावाद लाद्ने जालझेल भएकाले डटेर प्रतिवाद गर्न आह्वान गर्नु भएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गएराति मध्यरातमा प्रतिनिधिसभा विघटन घोषणा गर्दै आगामी कात्तिक २६ र मंसिर ३ गते हुनेगरी मध्यावधि चुनाव मिति तोकेपछि नेता नेपालको यस्तो प्रतिकृया आएको हो ।
सरकारको पछिल्लो कदमको प्रतिवाद गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले ट्वीट गर्दै षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको उल्लेख गर्नु भएको छ ।
प्रतिक्रिया