Main News
संविधानविद र राजनीतिक नेतृत्वसँगको छलफलमा सभामुख सापकोटा
२०७८ जेठ ८ गते १३:१०

८ जेठ २०७८ काठमाडौं । प्रतिनिधिसभा विघटनको विषयमा सभामुख अग्निप्रसाद सापकोटा विभिन्न संविधानविद् र राजनीतिक नेतृत्वसँग छलफलमा हुन्छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी मन्त्रिपरिषद्को सिफारिसमा नयाँ निर्वाचन घोषणा गरेको विषयमा प्रतिनिधिसभाका सभामुख सापकोटा छलफलमा जुट्नु भएको हो ।
आज बिहानैदेखि सभामुख राजनीतिक दलका नेतृत्वसँग र संविधान तथा कानूनका जानकारहरूसँग छलफलमा रहेको सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।
दलका नेता र संविधानविद्हरूसँग छलफल गरेपछि सभामुख सापकोटाले प्रतिनिधिसभा विघटनाबारे आफ्नो धारणा सार्वजनिक गर्ने तयारी गर्नु भएको छ ।
प्रतिक्रिया