Main News
राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधान मास्ने काम भयोः अध्यक्ष यादव
२०७८ जेठ ८ गते ९:३९
८ जेठ २०७८ काठमाडौं । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधान मास्ने काम भएको बताउनु भएको छ ।
जसपा अध्यक्ष यादवले मध्यरातमा भएको प्रतिगामी कदमले जनतालाई फेरि सडकमा आउन बाध्य बनाएको बताउनुभयो ।
अब प्रतिगमनको बिरोधमा रहेका दलहरू एक ठाउँमा उभिनुपर्ने भन्दै उहाँले अब क्रान्तिकारी पक्ष मिलेर प्रतिगमनलाई परास्त गर्नुको बिकल्प नरहेको बताउनुभयो ।
आफ्नै पार्टीका केही नेता र सांसद विगत नै प्रतिगमन पक्षमा रहेको आरोप लगाउनुभयो । अब उनीहरूसँगको सहकार्यबारे पार्टीमा छलफल हुने उहाँको भनाइ छ ।
जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री ओलीको पक्षमा हस्ताक्षर गरेका थिएँ।
प्रतिक्रिया