Main News

संसद विघटन र चुनाव घोषणा संविधान खारेज गर्ने प्रपञ्चः अध्यक्ष डा. भट्टराई

हिमालय टिभी
२०७८ जेठ ८ गते ९:३५
संसद विघटन र चुनाव घोषणा संविधान खारेज गर्ने प्रपञ्चः अध्यक्ष डा. भट्टराई

८ जेठ २०७८ काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारको सिफारिसमा राष्ट्रपतिले नयाँ चुनावको मिति तोक्नु संविधान खारेज गर्ने प्रपञ्च रहेको बताउनुभएको छ ।

गएराति संसद् भंग गरेर राष्ट्रपति विद्या भण्डारीले कात्तिक २६ र मंसिर ३ का लागि तोकेको चुनावको मितिप्रति टिप्पणी गर्दै भट्टराईले यो मध्यावधि चुनाव नभएर संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपञ्च रहेको दाबी गर्नुभएकव हो ।

भित्री तथा बाहिरी प्रतिगामी शक्तिहरूको षडयन्त्र र सेटिंगमा गत पुस ५ बाट शुरु भएको अलोकतान्त्रिक, असंवैधानिक, प्रतिक्रान्तिकारी हर्कत उत्कर्षमा पुगेको भट्टराईको आरोप छ ।

अध्यक्ष भट्टराईले प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीले कुकर्म गरेको आरोप पनि लगाउनुभएकव छ ।

भट्टराईले सामाजिक सञ्जालमा मध्यावधि चुनावका नाममा संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेजगर्ने प्रपञ्च रचिएको दाबी गर्दै सबै दल एकजुट भएर प्रतिवाद गर्नुपर्ने बताउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *