Main News

ओलीको षड्यन्त्रमा राष्ट्रपति साझेदार बनेको नेता पौडेलको आरोप

हिमालय टिभी
२०७८ जेठ ८ गते ९:३१
ओलीको षड्यन्त्रमा राष्ट्रपति साझेदार बनेको नेता पौडेलको आरोप

८ जेठ २०७८ काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको षडयन्त्रको साझेदार राष्ट्रपति बनेको भन्दै त्यो दुर्भाग्यपूर्ण भएको प्रतिक्रिया दिनु भएको छ । यसविरुद्ध सबैले एकीकृत लडाइँ लड्नुपर्ने उहाँको ठहर छ ।

हिमालय टेलिभिजनसँगको कुराकानीमा नेता पौडेलले प्रधानमन्त्रीले असंवैधानिक, अलोकतान्त्रिक र राष्ट्रघाती कदम चालेको भन्दै सबै किसिमबाट यसको विरोध गर्न कांग्रेस अग्रसर हुने बताउनुभयो ।

यो कोरोना महामारिको बेलामा संसद विघटन गरी अर्बौं रुपैयाँ खर्च गरेर चुनाव गराउँछु भन्नु विडम्बनापूर्ण कुरा केही नहुने उहाँको भनाइ छ ।

१४९ जना सांसदको हस्ताक्षरसहित बहुमत पुर्याएर वैकल्पिक प्रधानमन्त्रीको दाबी प्रस्तुत गर्दा पनि राष्ट्रपतिले त्यसलाई नजरअन्दाज गरी प्रतिनिधिसभा विघटन गर्ने काममा राष्ट्रपतिले आफूलाई सहभागी गराइ ओलीको महान षडयन्त्रको साझेदार भएको पौडेलको टिप्पणी छ ।

अब यसका विरुद्धमा कांग्रेस नेतृत्वले अग्रसर भएर परिवर्तनलाई बचाउन पाइला चाल्ने तथा कानुनी र अन्य हरेक किसिमको लडाइँमा आफूलाई सरिक गराउने पौडेलले बताउनुभयो ।

कांग्रेस चुनावबाट नभाग्ने भन्दै पौडेलले त्योभन्दा अगाडि नै यो संविधानलाई फाल्ने, त्यसको घाँटी निमोठ्ने प्रपच्न अगाडि बढेको कुरालाई बुझ्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *