Main News

राष्ट्रपतिको आह्वानविरुद्ध सर्वोच्चमा १२ वटा रिट निवेदन पेश

हिमालय टिभी
२०७८ जेठ ७ गते १७:१४
राष्ट्रपतिको आह्वानविरुद्ध सर्वोच्चमा १२ वटा रिट निवेदन पेश

७ जेठ २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नै नदिई नयाँ सरकारको विकल्प दिन राष्ट्रपतिले गरेको आह्वानविरुद्ध सर्वोच्च अदालतमा अहिलेसम्म १२ वटा रिट पेश भएका छन् ।

यी रिटमा नयाँ सरकार गठनका लागि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने वा संसदबाट विश्वासको मत गुमाएको हुनुपर्ने भन्दै नयाँ सरकार गठनको आह्वान असंवैधानिक भएको तर्क गरिएको छ ।

संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रधानमन्त्री नियुक्त भएका ओलीले विश्वासको मत लिने प्रक्रिया सुरू नगरी वा राजीनामा नदिई संविधानको धारा ७६ को उपाधार ५ बमोजिम नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन नसक्ने पनि रिटमा दाबी गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *