Main News

नयाँ सरकारका विषयमा एमालेको नेपाल–खनाल समूहमा विवाद

हिमालय टिभी
२०७८ जेठ ७ गते १७:०४
नयाँ सरकारका विषयमा एमालेको नेपाल–खनाल समूहमा विवाद

७ जेठ २०७८ काठमाडौं । नयाँ सरकार बनाउने विषयमा नेकपा एमालेको नेपाल खनाल समूहमै विवाद भएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने विषयमा यो समूहभित्र विभाजन देखिएको छ । नयाँ सरकार बनाउन हस्ताक्षर गरेका मध्ये केहीले आफु यो प्रक्रियामा नरहेको बताएका छन् ।

नेपाल पक्षिय सांसद योगेश भट्टराईले हस्ताक्षर गर्नुभएको छैन । अर्का सांसद सुरेन्द्र पाण्डेले आफ्नो पुरानो हस्ताक्षर प्रयोग गरिएको भन्दै असहमति जनाउनुभएको छ ।

देउवाले राष्ट्रपतिलाई बुझाएको दाबी पत्रमा नेपाल खनाल समूहका २७ जना सांसदको हस्ताक्षर रहेको भनिएको छ ।

एमाले संस्थापनले कम्तिमा पाँचजनाको हस्ताक्षर दुरुपयोग गरिएको दाबी गर्दै राष्ट्रपतिलाई समेत यो विषयमा जानकारी गराएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *