राजनीति

प्रधानमन्त्री ओलीले दिए विपक्षी दलहरुलाई यस्तो चुनौति (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ ७ गते १६:०४
प्रधानमन्त्री ओलीले दिए विपक्षी दलहरुलाई यस्तो चुनौति (भिडियो रिपोर्टसहित)

७ जेठ २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बचाउने हो भने आफूलाई समर्थन गर्न वा वैकल्पिक सरकार बनाएर देखाउन विपक्षी दलहरुलाई चुनौती दिनुभएको छ ।

बालुवाटारमा पत्रकारसँगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले विपक्षी दलहरुलाई चुनौती दिनुभएको हो ।

संसद विघटन गर्ने आफ्नो मुड रहेको प्रष्ट संकेत गरेका प्रधानमन्त्री ओलीले पहिले बारम्बार अस्वीकार गर्दै आएको राष्ट्रिय सरकार गठनको विषय पनि अघि सार्नुभयो । कोभिडविरुद्ध लड्नुपर्ने भन्दै प्रधानमन्त्रीले आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन अरुलाई अपील गर्नुभयो ।

सहमतिको सरकार नहुने भने वैकल्पिक सरकार बनाउन वा उपयुक्त विकल्प अघि सार्न चुनौती दिँदै प्रधानमन्त्रीले त्यसका लागि तयार रहेको बताउनुभयो ।

संविधानको धारा ७६ को उपधारा ५ अन्तर्गत राष्ट्रपतिले आज बेलुकीसम्म दिएको समयसीमाभित्र वैकल्पिक सरकार बनाउने दौडमा आफू पनि रहेको प्रष्ट पार्नुभयो । यसका लागि आफूले दावी गर्ने उहाँले बताउनुभयो ।

तर पछि विश्वासको मत नपाए संसद विघटन गर्यो भने आफूलाई दोष नदिन पनि उहाँले चेतावनी दिनुभयो । समर्थन नपाए प्रतिनिधिसभा विघटन हुने उहाँले प्रष्ट पार्नुभयो ।

अहिले चुनावमा जाँदा आकाश नखस्ने प्रधानमन्त्रीको तर्क छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्