Main News

‘लौरो उभ्याएर’ भए पनि वैकल्पिक सरकार दिन डा. भट्टराईको आह्वान

हिमालय टिभी
२०७८ जेठ ७ गते १३:५३
‘लौरो उभ्याएर’ भए पनि वैकल्पिक सरकार दिन डा. भट्टराईको आह्वान

७ जेठ २०७८ काठमाडौं । जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले तत्काल वैकल्पिक सरकार दिन आह्वान गर्नुभएको छ ।

पूर्व प्रधानमन्त्री डाक्टर भट्टराईले सामाजिक सञ्जालमा ‘लौरो उभ्याएर भए पनि ७६ ९५०को वैकल्पिक सरकार दिउँ ! आजै गरौं, अहिल्यै गरौं !’ भन्नु भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार गठनका लागि आज साँझ पाँच बजेसम्मको समयसीमा दिएपछि पूर्वप्रधानमन्त्री भट्टराईले धारणा सार्वजनिक गर्नुभएको हो ।

संसद, संविधान, लोकतन्त्रको रक्षा आजको अहं प्रश्न हो भन्दै भट्टराईले जे गरेर रक्षा हुन्छ त्यही गर्न दलहरुलाई आग्रह पनि गर्नुभएको छ ।

संविधान र लोकतन्त्रको रक्षा नभए इतिहासले धिक्कार्ने भन्दै डा भट्टराईले चिन्ता व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *