Main News

संविधान संशोधनको गृहकार्य गर्न पाँच सदस्यीय कार्यदल गठन

हिमालय टिभी
२०७८ जेठ ७ गते १३:०७
संविधान संशोधनको गृहकार्य गर्न पाँच सदस्यीय कार्यदल गठन

७ जेठ २०७८ काठमाडौं । संविधान संशोधनका लागि गृहकार्य गर्न पाँच सदस्यीय कार्यदल गठन भएको छ ।

प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टी नेपाल जसपा अध्यक्ष महन्थ ठाकुर पक्षबीच गएराति भएको छलफलमा पाँच सदस्यीय कार्यदल गठन गर्ने सहमति भएको हो ।

सिंहदरबारमा आज बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग जसपा अध्यक्ष ठाकुरले बिहीबार पाँच सदस्यीय कार्यदल गठन भएको जानकारी दिनुभयो ।

कार्यदलमा जसपाका तर्फबाट नेताहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल हुनुहुन्छ । सरकारी पक्षबाट अग्निप्रसाद खरेल, विष्णु रिमाल र कृष्णभक्त पोखरेल कार्यदलमा हुनुहुन्छ ।

संविधान संशोधन, नागरिकता लगायतका विषयलाई कार्यदलले टुंगो लागाउने जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले जानकारी दिनुभयो । आवश्यकता र औचित्यको आधारमा संविधान संशोधन हुनसक्ने बताउँदै आएका प्रधानमन्त्री ओली कार्यदल बनाउन सहमत हुनु भएको हो ।

पछिल्लो समय जसपाको ठाकुर पक्षसँग निकट सम्बन्ध स्थापित भएपछि ओली संविधान संशोधनमा लचिलो हुनुभएको हो । ओलीको यो कदमलई सत्तासँग जोडेर हेर्ने गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *