Main News

‘ताउ ते’को प्रभाव विस्तारै कम हुँदै, आजबाट मौसममा सुधार हुने

हिमालय टिभी
२०७८ जेठ ७ गते ८:५७
‘ताउ ते’को प्रभाव विस्तारै कम हुँदै, आजबाट मौसममा सुधार हुने

७ जेठ २०७८ काठमाडौं । भारतमा देखिएको चक्रवात ‘ताउ ते’को प्रभाव नेपालमा कम हुँदै गएको छ ।

मौसममा आजबाट सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका धेरैजसो भूभागमा आज मौसममा आंशिकदेखि सामान्य बदली रहने महाशाखाको भनाइ छ ।

दिउँसो देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्सहित सामान्य वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम र प्रदेश न १ का केही स्थानहरुमा अपराह्नतिर भारी वर्षाको सम्भावना रहेको छ । राति भने देशका अधिकांश पहाडी भूभागमा सामान्य बदली रहने पूर्वानुमान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *