Main News

कांग्रेसले बोलायो पदाधिकारीहरुको आकस्मिक बैठक

हिमालय टिभी
२०७८ जेठ ७ गते ७:५१
कांग्रेसले बोलायो पदाधिकारीहरुको आकस्मिक बैठक

७ जेठ २०७८ काठमाडौं । मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आकस्मिक पदाधिकारी बैठक बोलाएको छ।

सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गरेपछि पार्टीले चाल्ने कदमका विषयमा छलफल गर्न बैठक बस्न लागेको कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिनुभयो ।

पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीको सहभागिता रहने बैठक सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बिहान ९बजे बस्नेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *