Main News

नयाँ सरकार गठनका लागि आज साँझ ५ बजेसम्मको समयसीमा

हिमालय टिभी
२०७८ जेठ ७ गते ७:२५
नयाँ सरकार गठनका लागि आज साँझ ५ बजेसम्मको समयसीमा

७ जेठ २०७८ काठमाडौं । राष्ट्रपति विद्या देवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि आह्वान गर्नुभएको छ । त्यसका लागि उहाँले आज ५ बजेसम्मको समय दिनुभएको छ ।

संविधानको धारा ७६ को उपधार ३ बमोजिम बनेको सरकारले विश्वासको मत पाउने आधार नदेखिएको भनेर प्रधानमन्त्रीकेपी शर्मा ओलीले जानकारी दिएकाले उपधारा ५ अन्तर्गतको सरकार गठनका लागि आह्वान गरेको राष्टपति कार्यालयले जनाएको छ ।

राष्ट्रपतिले आज साँझसम्म विश्वासको मत प्राप्त गर्ने आधारसहित सरकार गठनका लागि आह्वान गर्नुभएको छ । संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार बनाउने आधार पेश गर्ने सांसदलाई राष्टपतिले प्रधानमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ ।

तर त्यसरी बनेको प्रधानमन्त्रीले पनि ३० दिन भित्र विश्वासको मत लिनुपर्छ । वैशाख ३० गते प्रधानमन्त्री ओलीले ठूलो दलको हैसियतले सरकार बनाउनुभएको थियो । संविधानको धारा ७६ को उपधारा ३ मा संसदमा सबैभन्दा ठूलो दलको नेता प्रधानमन्त्री बन्ने प्रावधान छ।

ओलीले जेठ ३० गतेभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने भए पनि उहाँले विश्वासको मत नलिने निर्णय गर्नुभएको हो । संसद विघटन गरेर चुनावमा जान चाहेका प्रधानमन्त्रीको कदमलाई त्यही बाटो बनाउने प्रयासका रुपमा हेरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *