Main News

बादललाई पराजित गर्दै देवकोटा राष्ट्रियसभा सदस्य निर्वाचित

हिमालय टिभी
२०७८ जेठ ६ गते १७:४४
बादललाई पराजित गर्दै देवकोटा राष्ट्रियसभा सदस्य निर्वाचित

६ जेठ २०७८ काठमाडौं । निवर्तमान गृहमन्त्री एवं नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी हुनुभएको छ।

उहाँले ५०८८ मतभार पाउनु भयो । गृहमन्त्री थापाले ४०१४ मत प्राप्त गर्नुभयो । नेमकिपाका कृष्णबहादुर तामाङ्गले १ सय ३२ मत प्राप्त गर्नु भयो ।

देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन थियो ।

प्रदेश राजधानी हेटौँडामा भएको मतदानका लागि तोकिएको समयसम्म १ सय ५ जना प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख २ सय ३३ जना गरी ३ सय ३८ जनाले मतदान गरे ।

स्थानीय तहका ५ जना र प्रदेशसभाका ५ जनाले मतदान नगरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उपनिर्वाचनमा वागमती प्रदेशसभा सदस्य १ सय १० तथा बागमती प्रदेशअन्तर्गतका पालिका प्रमुख र उपप्रमुख २३८ जना गरी ३ सय ४८ मतदाता छन् ।

मतदातामध्ये प्रदेशसभा सदस्य पशुपति चौलागाईंको भने केही दिनअघि निधन भएको थियो । यस्तै विवेकशील साझा पार्टीका ३ जनाले मतदान बहिस्कार गरे । दोलखाबाट प्रतिनिधित्व गर्ने नेकपा माओवादीका प्रदेशसभा सदस्य हिमाली गोले अनुपस्थित रहनु भयो ।

मतदानमा उपस्थित नहुने स्थानीय तहमा मतदातामा ३ जना नेपाली कांग्रेस, एक नेकपा एमाले र एक जना नेपाल मजदुर किसान पार्टीबाट निर्वाचित हुन्।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा र उपाध्यक्ष कोपिला पण्डित, भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति, दोलखाको विगु गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्का र मेलुङ गाउँपालिकाकी उपाध्यक्ष कल्पना भण्डारी मतदानमा अनुपस्थित रहनु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *