Main News
कोरोना संक्रमणबाट डीएसपी केसीको मृत्यु
२०७८ जेठ ६ गते ८:४२

६ जेठ २०७८ काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी राजकुमार केसीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
आज बिहान नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा केसीको मृत्यु भएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
कागेश्वरी मनोहरा नगरपालिकाको मूलपानी स्थायी घर भएका डीएसपी केसीलाई २ हप्ता अगाडि संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि केसीलाई प्रहरी अस्पतालमा भर्ना गरिएको थियो ।
केसी प्रहरी संगठन भित्र इमान्दार, दक्ष र कर्तव्यनिष्ठ प्रहरी अधिकारीको रुपमा चिनिनुहुन्थ्यो । केसी कोरोना महामारी नियन्त्रणका लागि काठमाडौंमा अग्रपंतिमा खटिनुभएको थियो ।
प्रतिक्रिया