Main News

स्पेनले उपलव्ध गराएको स्वास्थ्य सामग्री आज काठमाडौं आइपुग्दै

हिमालय टिभी
२०७८ जेठ ६ गते ७:५०
स्पेनले उपलव्ध गराएको स्वास्थ्य सामग्री आज काठमाडौं आइपुग्दै

६ जेठ २०७८ काठमाडौं । स्पेनले उपलब्ध गराएको कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री आज काठमाडौं आइपुग्दैछ ।

स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पा स्वास्थ्य सामग्रीहरु लिएर आज नेपाल आउँदै हुनुहुन्छ ।

राजदूतसँगै नेपाल उडेका अन्तर्राष्ट्रिय सहयोगका लागि स्पेनिस एजेन्सी एईसीआईडीका निर्देशक म्याग्डी मार्टिनेज सोलिमानले स्वास्थ्य सामग्री आज सरकारलाई हस्तान्तरण गर्ने तय भएको छ ।

स्पेन सरकारले नेपाललाई १४ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ। हिजो राति राजधानी मड्रिडबाट आइवेरिया एयरलाइन्सको चार्टर्ड विमान भेन्टिलेर, अक्सिजन कन्सन्ट्रेटर, पीपीईलगायतका स्वास्थ्य सामाग्रीहरु सहित काठमाडौँका लागि उडेको स्पेनस्थित नेपाली राजदूतावासले जनाएको छ।

यसअघि सहयोगका लागि अनुरोध गर्दै दूतावासले स्पेनको परराष्ट्र मन्त्रालय, स्वास्थ्य मन्त्रालय र निजि क्षेत्र चेम्बर अफ कमर्सलाई पनि पत्राचार गरेको थियो। सामग्री नेपाल प्रस्थान गर्नुपूर्व हिजो परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले स्पेनका विदेशमन्त्री अराँचा गोन्जालेज लयसँग टेलिफोन कुराकानी गर्नुभएको थियो ।

आइवेरिया एयरलाइन्सको चार्टर्ड विमानबाट आजै नेपालमा रहेका ४७ स्पेनिसहरुलाई स्वदेश फिर्ता लाने स्पेनको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *