Main News

कांग्रेसले आज कोभिड संकटबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने

हिमालय टिभी
२०७८ जेठ ६ गते ७:४४
कांग्रेसले आज कोभिड संकटबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने

६ जेठ २०७८ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोभिड १९ को बढ्दो संकट समाधानका लागि ध्यानाकर्षण गराउने भएको छ ।

हिजो बसेको कांग्रेस संसदीय दल कार्यसमितिको निर्णय अनुसार सभापति शेरबहादुर देउवासहितको टोलीले प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण पत्र बुझाउन लागेको हो ।

सभापति देउवाले कोभिड १९ को बढ्दो संकटबारे सरकारको ध्यानाकर्षण गराउन प्रधानमन्त्री ओलीसंग भेटको समय माग्नुभएको हो । प्रधानमन्त्री ओलीले बिहान ९ बजे भेटका लागि समय दिनुभएको छ ।

कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारबारे सरकारलाई खबरदारी गर्न कांग्रेसले ध्यानाकर्षण पत्र बुझाउन लागेको हो ।

प्रधानमन्त्रीसंगको भेटका लागि वरिष्ठ नेता रामचन्द्र पौडेलसहित पदाधिकारीहरुलाई खबर गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *