Main News

देवकोटा र बादलबीच यसरी हुँदैछ प्रतिस्पर्धा, यस्तो छ अंकगणित

हिमालय टिभी
२०७८ जेठ ६ गते ७:३८
देवकोटा र बादलबीच यसरी हुँदैछ प्रतिस्पर्धा, यस्तो छ अंकगणित

६ जेठ २०७८ काठमाडौं । राष्ट्रिय सभाको उपचुनावमा बागमती प्रदेश सभामा तीन सय ४८ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।

बागमती प्रदेश सभा सदस्य एक सय १० र प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख दुई सय ३८ गरी तीन सय ४८ मतदाता रहेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रदेश सांसदको ४८ र स्थानीय तहका एक प्रतिनिधिको मतभार १८ हुन्छ । यसरी हेर्दा बागमती प्रदेश सभामा एक सय १० सांसदको ५२ सय ८० र एक सय १९ स्थानीय तहका दुई सय ३८ प्रतिनिधिको ४ हजार २ सय ८४ गरी जम्मा ९ हजार ५ सय ६४ मतभार छ ।

यसमध्ये सबैभन्दा बढी एमालेका प्रदेश सभामा ५७ मध्ये एकजना सांसद पशुपति चौलागाईंको निधन भएसँगै ५६ जना र स्थानीय तहमा एक सय ३३ जना गरी एक सय ८९ मतदाता छन् । यसको कुल मतभार पाँच हजार ८२ हुन्छ ।

प्रदेशमा नेपाल खनाल समूहका कम्तीमा २२ सांसद र लगभग ४० स्थानीय प्रतिनिधि गरी ६० आसपास मतदाता रहेको बताइएको छ । यसको अर्थ खनाल–नेपाल पक्षसँग करिब १ हजार ७ सय मतभार छ ।

कांग्रेसका प्रदेश सभामा २२ र स्थानीय तहमा ६८ जना गरी ९० जना मतदाता छन् । जसको कुल मतभार २ हजार २ सय ८० हुन्छ । त्यस्तै, माओवादीको प्रदेश सभामा २३ र स्थानीय तहमा ३३ जना गरी ५६ जना मतदाता छन् ।

जसको कुल मतभार १६ सय ९८ हुन्छ । कांग्रेस र माओवादीको जोड्दा ३९ सय ७८ मतभार हुन आउँछ । नेपाल खनाल पक्षका सात–आठ सय मतभार डा देवकोटातिर गयो भने गृहमन्त्री बादलका लागि चुनौती बन्न सक्छ ।

यही अंकगणितले सत्तापक्ष एमालेलाई तनाव दिएको छ भने विपक्षी गठबन्धनले एमालेकै अन्तर्विरोधबाट जितको अपेक्षा गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *