Main News
कोरोना रोकथाममा सरकार गम्भीर नबनेको कांग्रेसको ठहर
२०७८ जेठ ५ गते १९:३३
५ जेठ २०७८ काठमाडौं । नेपाली कांग्रेसले कोरोना संक्रमण रोकथामका लागि सरकार गम्भीर नबनेको ठहर गरेको छ ।
कांग्रेस संसदीय दल कार्यसमितिको आजको बैठकले सरकार नागरिकको जीवन रक्षाका लागि संवेदनशील नभएको र सरकारले जीवन रक्षाका लागि उचित व्यवस्थापन नगरेको भन्दै सरकारको आलोचना गरेको छ ।
महामारी नियन्त्रणका लागि औषधि तथा स्वास्थ्य सामग्री खरीदमा भ्रष्टाचार भएको भन्दै कांग्रेसले छानविन गरी दोषीलाई कारबाही गर्न पनि माग गरेको छ ।
कांग्रेस संसदीय दल कार्यसमितिको आजको बैठकले सबै नागरिकका लागि खोपको व्यवस्था गर्न पनि सरकारलाई आग्रह गरेक छ ।
कोरोना रोकथामका लागि दातृ निकायको सहयोग आवश्यक रहेको भन्दै सरकारले त्यसतर्फ पहल गर्न पनि सरकार असफल भएको ठहर गरेको छ ।
प्रतिक्रिया