Main News

अस्पतालहरुलाई शंकर ग्रुप र इन्फिनिटी होल्डिङको सहयोग

हिमालय टिभी
२०७८ जेठ ५ गते १९:३०
अस्पतालहरुलाई शंकर ग्रुप र इन्फिनिटी होल्डिङको सहयोग

५ जेठ २०७८ काठमाडौं । कोभिड–१९ को संक्रमण बढेसँगै शंकर ग्रुप र इन्फिनिटी होल्डिङले संयुक्त रूपमा साढे तीन करोड रुपैयाँभन्दा बढीका स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।

उपकरण र प्राविधिक सहयोग देशभरका अस्पताल र अग्रपंक्तिमा खटिएका कोभिड वारियरलाई हस्तान्तरण गरिएको छ ।

वीर र सशस्त्र प्रहरी बल अस्पताल र सेती प्रादेशिक अस्पतालका लागि आवश्यक सहयोग हस्तान्तरण गरिसकिएको र केही सामग्री एक,दुई दिनभित्र हस्तान्तरण गरिने शंकर ग्रुप र इन्फिनिटी होल्डिङ समूहल जनाएको छ ।

दुबै कम्पनीले पहिलो चरणमा बीर अस्पतालमा ५० शैया, सुदुरपश्चिमका आवश्यक अस्पतालमा सय शैया बनाउने घोषणा समेत गरेका छन । यस्तै दुबै समुहले धनगढीको सेती प्रादेशिक अस्पतामा अक्सिजन प्लान्ट जडान गर्ने तयारी गरेको छ ।

महामारीमा सहयोगको शृंखला निरन्तर सञ्चालन रहने शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाल र इन्फिनिटी होल्डिङका अध्यक्ष दीपक भट्टले जानकारी दिनुभयो

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *