Main News

प्रधानमन्त्रीले आचारसंहिता उल्लंघन गरेकोमा मतदाताको विरोध

हिमालय टिभी
२०७८ जेठ ५ गते १९:०५
प्रधानमन्त्रीले आचारसंहिता उल्लंघन गरेकोमा मतदाताको विरोध

५ जेठ २०७८ काठमाडौं । राष्ट्रिय सभाको उपचुनाव अघि प्रधानमन्त्री केपी शर्मा ओलीले आचारसंहिताको उल्लंघन गरेको भन्दै केही मतदाताले निर्वाचन कार्यालयमा विरोध जनाएका छन् ।

भोलिको निर्वाचनबारे जानकारी गराउन मतदानस्थल हेटौंडामा भएको पत्रकार सम्मेलनमै पुगेर उनीहरुले विरोध गरेका हुन् ।

प्रधानमन्त्रीबाट निर्वाचन आचारसंहिता उल्लंघनभएकाले कारबाही गर्नु पर्ने उनीहरुको माग छ।

जवाफमा निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले कसैले आचार संहिता उल्लंघन गरेको भए त्यसको औपचारिक रुपमा जानकारी गराउन आग्रह गर्नुभयो ।

प्रधानमन्त्रीले मौन अवधिमा भोट माग्न नपाईने भएपनि आज अपील सार्वजनिक गरी गृहमन्त्री रामबहादुर थापाका लागि भोट मागेर आचार संहिता उल्ल्लंघन गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *