Main News

काठमाडौंका विभिन्न आठ स्थानमा होल्डिङ सेन्टर स्थापना (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ ५ गते १८:१०
काठमाडौंका विभिन्न आठ स्थानमा होल्डिङ सेन्टर स्थापना (भिडियो रिपोर्टसहित)

५ जेठ २०७८ काठमाडौं । सरकारले देशका विभिन्न ८ ठाउँमा होल्डिङ सेन्टर स्थापनाको काम अघि बढाएको छ ।

उपप्रधानमन्त्री तथा कोभिड – नाइन्टिन संकट व्यवस्थापन केन्द्र सिसिएमसीका संयोजक ईश्वर पोखरेलले ७ वटा प्रदेशमा एक(एक र काठमाडौं उपत्यकामा थप एउटा गरी ८ वटा होल्डिङ सेन्टर स्थापना गरिने जानकारी दिनुभयो ।

उहाँका अनुसार त्यसका लागि अर्थ मन्त्रालयले बजेट छुट्याइसकेको छ र नेपाली सेनाले निर्माण कार्य नै शुरु गरिसकेको छ ।

उपप्रधानमन्त्री पोखरेलले सरकारले अक्सिजनको अभाव समाधानका लागि पनि पहल गरिरहेको दावी गर्नुभयो ।

उपप्रधानमन्त्री पोखरलेले कोभिडको संक्रमण मानवता र मानवीय सभ्यता विरुद्धको आक्रमण भएकाले यसका विरुद्धमा सबै मिलेर लड्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *