गण्डकी प्रदेशमा दिपक मनाङ्गेसहित पाँच जना मन्त्रीले लिए शपथ

५ जेठ २०७८ काठमाडौं । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङले आज मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।
दोस्रो पटक वैशाख २९ गते मुख्यमन्त्री बनेका गुरुङले ५ मन्त्री नियुक्त गर्नुभएको हो । आर्थिक मामिला तथा योजना मन्त्रीमा किरण गुरुङ र युवा तथा खेलकुद मन्त्रीमा दीपक मनाङ्गे अर्थात राजीव गुरुङ्ग दोहोरिनु भएको छ ।
नरदेवी पुन, विकास लम्साल र रामशरण बस्नेत विनाविभागीय मन्त्री नियुक्त हुनुभएको छ । उहाँहरु यसअघिको सरकारमा पनि हुनुहुन्थ्यो । नवनियुक्त चार मन्त्रीले आजै प्रदेश प्रमुख सिता पौडेल समक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
युवा तथा खेलकुद मन्त्री नियुक्त राजीव गुरुङ्ग पोखराभन्दा बाहिर रहेकाले उहाँले आज सपथ लिनुभएको छैन । विपक्षीहरुले ल्याएको अविस्वास प्रस्ताव पारित भएर सरकारले ढल्ने स्थिति आएपछि गुरुङ्गले वैशाख २६ गते राजीनामा दिनुभएको थियो ।
तर विपक्षीहरुले सरकार गठनका लागि बहुमत पुर्याउन नसकेको भन्दै प्रदेश प्रमुख पौडेलले ठूलो दलको हैसियतमा गुरुङ्गलाई नै २९ गते पुन मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।
कोरोना संक्रमण भएर आइसोलेशनमा बसेकै बेला गुरुङ्गले सपथसमेत लिनुभएको थियो ।
प्रतिक्रिया