Main News

नवलपरासीको दाउन्नेमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु, ३५ जना घाइते

हिमालय टिभी
२०७८ जेठ ५ गते ९:४७
नवलपरासीको दाउन्नेमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु, ३५ जना घाइते

५ जेठ २०७८ नवलपरासी । नवलपरासी जिल्लाको बर्दघाट–दाउन्ने सडकखण्डको खुर्सानीखोला नजिकै आज बिहान ६ बजे बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने दाउन्ने सिस्नेखोलामा ना ५ ख २७१३ नम्बरको बस दुर्घटना भएको हो । बस काठमाडौंबाट रुकुम पश्चिमका लागि छुटेको थियो।

ज्यान गुमाउने मध्ये रुकुम पश्चिम घर हुने २७ वर्षीय कल्पना पुनको सनाखत भएको छ भने बाँकी ३ जनाको सनाखत भैनसकेको ट्राफिक प्रहरी कार्यालय पश्चिम नवलपरासीका ट्राफिक प्रहरी निरीक्षक बासु नेपालले जानकारी दिनुभयो ।

सो बसमा अन्दाजी ४५ यात्रु रहेको र तिमध्ये ३५ जना भन्दा धेरै घाइतेलाई घटनास्थलबाट उद्धार गरेर केहीलाई बुटवल र केहीलाई स्थानीय चिसापानी अस्पतालमा पठाइएको छ ।

बस सडकबाट २०० मिटर तल खसेको र अप्ठेरो ठाउँमा भएकाले उद्धार कार्यमा समस्या भएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *