Main News

लमजुङको भुलभुले केन्द्रविन्दु भएर ५.८ रिक्टर स्केलको भूकम्प

हिमालय टिभी
२०७८ जेठ ५ गते ६:४३
लमजुङको भुलभुले केन्द्रविन्दु भएर ५.८ रिक्टर स्केलको भूकम्प

५ जेठ २०७८ काठमाडौं । लमजुङको उत्तरी क्षेत्र खुदी भुलभुले केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ५ः४२ बजे लमजुङको भुलभुले आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

भूकम्प ५.८ रिक्टर स्केलको भएको केन्द्रका भूकम्पविद् डा लोकविजय अधिकारीले राससलाई जानकारी दिनुभयो ।

भूकम्पको धक्का लमजुङ, गोरखा, तनहुँ, कास्की, मनाङ, चितवन, धादिङ र काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको थियो । भूकम्पको क्षतिबारे जानकारी प्राप्त भइसकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *