Main News

विश्वासको मत लिएर मात्रै नीति तथा कार्यक्रमः मन्त्री श्रेष्ठ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ ४ गते १९:११
विश्वासको मत लिएर मात्रै नीति तथा कार्यक्रमः मन्त्री श्रेष्ठ (भिडियो रिपोर्टसहित)

४ जेठ २०७८ काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले विश्वासको मत लिएर मात्रै नीति तथा कार्यक्रम ल्याउने बताउनुभएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्टले बनाएका कोभिड – नाइन्टिनसँग सम्बन्धित कार्ययोजना र सञ्चालन भइरहेका गतिविधिको स्थलगत निरीक्षण गर्ने क्रममा मन्त्री श्रेष्टले सरकारले विश्वासको मत लिएर मात्रै नीति कार्यक्रम ल्याउने सोच बनाएको बताउनुभयो ।

संविधान अनुसार सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नु पर्ने छ । बजेट अघि नै नीति तथा कार्यक्रम ल्याउनु पर्ने छ ।

अहिलेसम्म सरकारले बजेट अधिवेशन नै आह्वान गरेको छैन । त्यसैले सरकारले अध्यादेशबाट बजेट ल्याउने हो कि भन्ने आशंका छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *