Main News

थप १९६ जना कोरोना संक्रमितको मृत्यु, ८२०३ संक्रमित थपिए

हिमालय टिभी
२०७८ जेठ ४ गते १७:४२
थप १९६ जना कोरोना संक्रमितको मृत्यु, ८२०३ संक्रमित थपिए

४ जेठ २०७८ काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप १ सय ९६ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५ हजार चार सय ११ पुगेको छ ।

पछिल्लोपटक ८ हजार दुई सय तीन जनामा संक्रमण पुष्टि भएको छ । २० हजार ९ सय ७९ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा आठ हजार भन्दा धेरै संक्रमित भएका हुन्।

योसँगै कुल संक्रमितको संख्या ४ लाख ७२ हजार ३ सय ५४ पुगेको छ । ती मध्ये हाल देशभर १ लाख १४ हजार ५ सय २९ जना सक्रिय संक्रिमत रहेको मन्त्रालयले जनाएको छ ।

आज काठमाडौंमा २ हजार ४९, भक्तपुरमा २ सय २१ र ललितपुरमा ३ सय ६५ जना गरी उपत्यकामा २ हजार ६ सय ३५ जना कोरोना संक्रमित भएका छन् ।

उपत्यका बाहिर मोरङमा ५ सय ९, रुपन्देहीमा ३ सय ८०, काभ्रेमा ३ सय १६, चितवनमा ३ सय ८, सुनसरीमा २ सय ९८, झापामा २ सय ५३, कास्कीमा २ सय २९, पाल्पामा २ सय १, सुर्खेतमा १ सय ९५ र दाङमा १ सय ९१ संक्रमित थपिए ।

हाल देशका ४० जिल्ला ५ सय भन्दा बढी सक्रिय संक्रिमत रहेका छन् । पछिल्लो पटक ६ हजार ८ सय ९१ जना संक्रमण मुक्त भएका छन । यो सँगै देशभर निको हुनेको संख्या ३ लाख ५२ हजार ४ सय १४ पुगेको मन्त्रालयले जनाएको छ।

हाल एक हजार ५ सय ९० जनाको आइसीयू र ३ सय ९० जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *