Main News

राष्ट्रियसभा उपचुनावका लागि लुम्बिनीमा दुई जनाको उम्मेदवारी

हिमालय टिभी
२०७८ जेठ ४ गते १५:२१
राष्ट्रियसभा उपचुनावका लागि लुम्बिनीमा दुई जनाको उम्मेदवारी

४ जेठ २०७८ काठमाडौं । राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि लुम्बिनी प्रदेशमा दुई जनाको उम्मेदवारी परेको छ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट दुगनारायण पाण्डेय र नेकपा एमालेका तर्फबाट चन्द्रबहादुर खड्काले उम्मेदवारी दिनुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङमा दुवै जनाले उम्मेदवारी दिनुभएको हो । चार दलीय गठबन्धनबाट उम्मेदवारी दिएका कांग्रेसका पाण्डे यसअघि लुम्बिनी प्रदेश सभामा एमालेका तर्फबाट सदस्य हुनुहुन्थ्यो । तर उहाँ केही दिनअघि सांसद पदबाट राजीनामा दिएर कांग्रेसमा प्रवेश गर्नुभएको थियो ।

यसैगरी एमालेका तर्फबाट उम्मेदवारी दिएका खड्का यसअघि माओवादी केन्द्रको राष्ट्रिय सभा सदस्य हुनुहुन्थ्यो । अर्घाखाँचीका खड्का एमाले प्रवेश गरेपछि माओवादीले कारबाही गरेको थियो।

माओवादीको कारबाहीपछि रिक्त राष्ट्रिय सभा सदस्य पदका लागि एमालेले खड्कालाई नै उम्मेदवार बनाएको छ ।

राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन जेठ १७ गते हुँदैछ। प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान यो उपचुनावमा मतदान गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *