Main News

बाराको कलैयामा दुई बालकको घाँटी रेटेर हत्या

हिमालय टिभी
२०७८ जेठ ४ गते १३:१५
बाराको कलैयामा दुई बालकको घाँटी रेटेर हत्या

४ जेठ २०७८ काठमाडौं । बाराको कलैयामा दुई जना बालकको घाँटी रेटेर हत्या भएको छ ।

कलैया उपमहानगरपालिका वडा नम्बर ७ रंगपुरका सल्फिया कन्जुल उलुममा ९ वर्षीय उसमान अन्सारी र ७ वर्षीय अमिन अन्सारीको शव आज बिहान घर नजिकै भेटिएको बारा प्रहरीले जनाएको छ ।

मृतक दुवैजना दाजुभाइ हुन् । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले हिजो बेलुका ७ बजे सँगै घरबाट निस्किएका दाजुभाइको शव बिहान भेटिएको जानकारी दिनुभयो ।

घटनास्थललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *