Main News

‘टाउ टेई’ चक्रवातको असर नेपालमा आगामी पाँच दिन देखापर्ने

हिमालय टिभी
२०७८ जेठ ४ गते ८:५८
‘टाउ टेई’ चक्रवातको असर नेपालमा आगामी पाँच दिन देखापर्ने

४ जेठ २०७८ काठमाडौं । अरब सागरमा विकसित ‘टाउ टेई’ नामको शक्तिशाली चक्रवातको असर नेपालमा आगामी पाँच दिन देखापर्ने भएको छ ।

पश्चिमी न्यूनचापीय प्रणाली विकसित भई प्री–मनसुन थप सक्रिय भएकाले पनि नेपालमा दोहोरो मौसमी असर शुरु भएको छ । अहिले पनि अरब सागरमा आफ्नो उग्र रूप निर्माण गर्न सक्रिय रहेको ‘टाउ टेई’ चक्रवात जमिनमा नखसेसम्म यसले आसपासका क्षेत्रमा असर पु¥याउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

चक्रवातले प्रत्यक्ष असर नपारे पनि भारत हुँदै आउँदा अप्रत्यक्ष असर बढी देखिने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । आउँदो शुक्रबारसम्म यस चक्रवातको हल्का असर नेपालमा पर्ने उल्लेख गर्दै उहाँले शनिबारदेखि मौसममा सुधार हुँदै जाने बताउनुभयो ।

महाशाखाका अनुसार आजसम्म सामान्य रहने चक्रवातको असर भोलिदेखि शुक्रबारसम्म भने अलिक बढी हुनेछ । यो समयमा आकास पूर्ण रूपमा बादलले ढाक्ने र विभिन्न क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *