Main News

काठमाडौँमा समुदायस्तरमै कोरोना जाँच अभियान शुरु

हिमालय टिभी
२०७८ जेठ ४ गते ८:५२
काठमाडौँमा समुदायस्तरमै कोरोना जाँच अभियान शुरु

४ जेठ २०७८ काठमाडौं । काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमण दर उच्च हुँदै गएपछि सरकारले आजबाट समुदायस्तरमै कोरोना जाँच अभियान शुरु गरेको छ ।

अभियानअन्तर्गत काठमाडौँको कालिमाटी क्षेत्रमा बिहान ८ बजेबाट एन्टिजेनमार्फत जाँच शुरु गरिएको र बिहान ११ बजेसम्म जाँच कायम रहने स्वास्थ्य सेवा विभागले जनाएको छ । करिब ५ सय जनाको जाँच गर्ने तयारी विभागको छ ।

काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा अबदेखि दैनिक रूपमा एन्टिजेनमार्फतको जाँचलाई निरन्तरता दिइने विभागको भनाइ छ ।

पछिल्लो समयमा काठमाडौँ उपत्यकामा हाल ४० हजार ७ सय ७४ जना सक्रिय सङ्क्रमित छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *