Main News

संसदमा बजेट प्रस्तुत गर्नुअघि नै विश्वासको मत लिने प्रधानमन्त्री ओलीको तयारी

हिमालय टिभी
२०७८ जेठ ४ गते ८:२०
संसदमा बजेट प्रस्तुत गर्नुअघि नै विश्वासको मत लिने प्रधानमन्त्री ओलीको तयारी

४ जेठ २०७८ काठमाडौं । प्रधानमन्त्री ओली केपी शर्मा ओलीले संसदमा बजेट प्रस्तुत गर्नु अगावै विश्वासको मत लिने तयारी गर्नुभएको छ ।

हिजो साँझ बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली आफू जतिसक्दो चाँडो विश्वासको मत लिने मनसायमा रहेको जानकारी गराउनु भएको हो ।

चाँडै विश्वासको मत लिने गरी छलफल भएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो । अल्पमतको सरकार भएकाले बजेट पास हुने सम्भावना नरहने भएकाले प्रधानमन्त्री ओलीले विश्वासको मत लिएर मात्र बजेट पेश गर्ने तयारी गर्नुभएको हो ।

यसका लागि सरकारले फेरि संसदको विशेष अधिवेशन आह्वान गर्ने वा नियमित अधिवेशन आह्वान गर्ने भन्नेबारे प्रधानमन्त्री ओली छलफलमा हुनुहुन्छ । विश्वासको मत नपाए अध्यादेशबाट बजेट ल्याउने र फेरी संसद विघटन हुन सक्ने आशंका गरिएको छ ।

यसैबीच मन्त्रिपरिषद् बैठकले कतार र चीनको ग्वान्जाओमा हवाई उडान खोल्ने निर्णय गरेको छ ।

अन्तर्राष्ट्रिय उडान बन्द हुँदा कोभिड(नाइन्टिन विरुद्धका स्वास्थ्य सामाग्री र मानवीय आपूर्ति नै रोकिएपछि दुई देशमा सातामा एक एक उडान हुने गरी उडान खोल्ने निर्णय भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *