Main News

कोरोना सङ्क्रमणबाट भक्तपुरमा १० र दाङमा नौ जनाको मृत्यु

हिमालय टिभी
२०७८ जेठ ४ गते ६:१८
कोरोना सङ्क्रमणबाट भक्तपुरमा १० र दाङमा नौ जनाको मृत्यु

४ जेठ २०७८ काठमाडौं । कोभिड–१९ को सङ्क्रमणका कारण भक्तपुरमा हिजो एकैदिन १० कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय प्रमुख कृष्णप्रसाद मिजारले हिजा तीन जनाको मृत्यु भएको जानकारी दिनुभयो ।

सूर्यविनायकको नेपाली सेनाको इन्द्र बक्स गणले शव संकलन गरेर दाहसंस्कार गरेको छ ।

दाङमा भने कोरोनाबाट हिजो नौ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय दाङका अनुसार घोराही र तुलसीपुरका तीनतीन तथा दंगीशरण, राप्ती गाउँपालिका र लमही नगरपालिकाका एकएक जनाको मृत्यु भएको कोारोना स्रोत व्यत्ति कमल चन्दले बताउनुभयो ।

वडा सदस्यको निधन
तुलसीपुर उपमहानगरपालिका वडा नं १३ का वडा सदस्य केशरलाल चौधरीको निधन भएको छ ।

उहाँको आइतबार राति १२ बजे निधन भएको हो । उहाँ कमलपित्तबाट ग्रसित हुनुहुन्थ्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *