Main News

कोरोना संक्रमित खुलेआम हिँडिरहेकाले संक्रमण अझ फैलिने सरकारको चेतावनी

हिमालय टिभी
२०७८ जेठ ३ गते १८:१४
कोरोना संक्रमित खुलेआम हिँडिरहेकाले संक्रमण अझ फैलिने सरकारको चेतावनी

३ जेठ २०७८ काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसबाट संक्रमितहरु खुलेआम हिँडिरहेकाले संक्रमण अझै फैलिने चेतावनी दिएको छ ।

संक्रमण उच्च रहेका जिल्लाहरुमा नै संक्रमितहरु खुलेआम सार्वजनिक स्थानहरुमा हिँडिरहेको मन्त्रालयको दाबी छ । मन्त्रालयले निषेधाज्ञाको पलाना पूर्ण रुपमा नभएकाले कोरोना भाइरसको संक्रमण अझै फैलिन सक्ने पनि बताएको छ ।

अध्ययनहरुले अझै पनि जनस्वास्थ्यका मापदण्डहरुको राम्ररी पालना नभइरहेको र निषेधाज्ञाको समयमा पनि मानिसहरुको आवतजावतमा ५९ प्रतिशत मात्रै कमी आएको देखिएको मन्त्रालयले जनाएको छ ।

काठमाडौं, रुपन्देही, ललितपुर, भक्तपुर, मोरङ, कैलाली, कास्की, बाँके, दाङ, चितवन, सुर्खेत, झापा, कञ्चनपुर, मकवानपुर, धनुषा, काभ्रे, सुनसरी, पर्सा, बर्दिया, पाल्पा जिल्लामा संक्रमण उच्च रहेको तथा संक्रमित व्यक्तिहरु सार्वजनिक स्थानहरुमा खुलेआम हिडिँरहेको देखिएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

यी जिल्लामा निषेधाज्ञामा थप कडाइ गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ । मन्त्रालयका सह–प्रवक्ता डा समिरकुमार अधिकारीले विज्ञप्ती जारी गर्दै कोरोनाविरुद्धको युद्ध स्वास्थ्य तथा जनसंख्या मन्त्रालय एक्लैको युद्ध नभएकाले यसका लागि अन्य मन्त्रालयहरु, प्रदेश र स्थानीय तहसहित सबै सरकारी निकायहरुको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहने बताउनु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *