Main News

राष्ट्रियसभा उपचुनावमा स्वास्थ्य मापदण्ड पालनामा कडाइ गरिने (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ ३ गते १७:५९
राष्ट्रियसभा उपचुनावमा स्वास्थ्य मापदण्ड पालनामा कडाइ गरिने (भिडियो रिपोर्टसहित)

३ जेठ २०७८ काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गराउने बताएको छ ।

कोभिड नाइन्टिन संक्रमणको जोखिम बढिरहेका बेला ६ र १७ गते हुन लागेको राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनलाई स्वास्थ्यका दृष्टिकोणबाट पनि सुरक्षित बनाउन आयोगले स्वास्थ्य सुरक्षा मापदण्ड जारी गरेको छ ।

मतदानको दिन हेटौँडामा रहेको मतदान केन्द्रमा खटिने सबै कर्मचारी, सुरक्षाकर्मी तथा स्वयंसेवकले पीपीई लगाएर कार्यसम्पादन गर्ने व्यवस्था मिलाइने छ ।

मतदान अधिकृतले एक मतदान केन्द्रमा २५ जनाले मतदान गरेपछि मतदान कक्षमा रहेका सम्पूर्ण सामग्रीहरु निसंक्रमण गराउने छन् । जेठ ६ र जेठ १७ गते राष्ट्रियसभा सदस्य पदका लागि उपनिर्वाचन हुँदैछ ।

बागमती प्रदेशमा अन्य समूहबाट १ पदका लागि ६ गते र लुम्बिनी प्रदेशमा पनि अन्य समूहबाट १ पदका लागि १७ गते उपनिर्वाचन गर्न लागिएको हो । बागमती प्रदेशमा ३ सय ४८ जना कुल मतदाता छन् । त्यसैगरी, लुम्बिनी प्रदेशमा २ सय ९६ कुल मतदाता छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *