Main News

कमल पोखरीस्थित अग्रवाल भवनमा आइसोलेशन सेन्टर स्थापना (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ ३ गते १६:४१
कमल पोखरीस्थित अग्रवाल भवनमा आइसोलेशन सेन्टर स्थापना (भिडियो रिपोर्टसहित)

३ जेठ २०७८ काठमाडौं । काठमाडौंको कमल पोखरीस्थित अग्रवाल भवनमा आइशोलेसन सेन्टर स्थापना गरिएको छ । एक सय २६ जनासम्म राख्न सकिने गरी क्वारन्टिन–माइल्ड आइसोलेशन सेन्टर स्थापना गरिएको हो ।

अग्रवाल सेवा केन्द्र, हिन्दू स्वयंसेवक संघ, नेपाल मेडिकल एशोसिएसन, उपकार सेवा नेपाल र सेवा इन्टरनेशनल नेपालले संयुक्त रुपमा सञ्चालन गरेको आइसोलेशन सेन्टरको नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले उद्घाटन गर्नुभयो ।

आइसोलेसन उद्घाटन गर्दै राजदूत क्वात्राले कोभिड १९ को महामारी दक्षिण एसियामा तीब्र रुपमा फैलिएको भन्दै महामारीविरुद्ध लड्न व्यक्ति, परिवार, समाज र सरकारको संयुक्त प्रयास आवश्यक पर्ने बताउनुभयो । उहाँले कोभिड–१९ विरुद्धको लडाईमा भारत सरकारले आगामी दिनमा पनि सहयोग गर्ने बताउनुभयो ।

उद्योगी राजेन्द्र खेतानले आइसोलेसन सेन्टरमार्फत् फ्रन्टलाइनर डाक्टर, नर्स लगायतलाई बचाउन सके अन्य सयौँ परिवारको रक्षा गर्न सकिने बताउनुभयो ।

आइसोलेसन केन्द्रमा एउटा हलमा ९० जनासम्म राख्न सक्नेगरी व्यवस्थित गरिएको छ । एउटा कोठामा दुई जना बस्ने गरी १८ वटा कोठा बनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *