Main News

सरकारले सुरसार नगरे पनि संसद सचिवालयद्वारा बजेट अधिवेशनको तयारी पूरा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ ३ गते १५:१३
सरकारले सुरसार नगरे पनि संसद सचिवालयद्वारा बजेट अधिवेशनको तयारी पूरा (भिडियो रिपोर्टसहित)

३ जेठ २०७८ काठमाडौं । सरकारले संसद अधिवेशन बोलाउने कुनै सुरसार नदेखाए पनि संघीय संसद सचिवालयले बजेट अधिवेशनको आवश्यक सबै तयारी गरेको छ ।

संविधान अनुसार, संघीय संसदको प्रतिनिधिसभामा जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्छ । तर अहिलेसम्म सरकारले बजेट अधिवेशन आव्हान गरेको छैन । तर संघीय संसद सचिवालय भने अधिवेशनका लागि तयारी अवस्थामा छ ।

सचिवावयले अब समय घर्किसकेकाले प्रि–बजेट छलफल चलाउन नसकिने बताएको छ । प्रवक्ता डाक्टर रोजनाथ पाण्डेलले नीति तथा कार्यक्रम र बजेटका कुरामा दलीय सहमति गरी छलफल छोटो बनाएर काम गर्न सकिने भए पनि प्रि–बजेट छलफलका लागि भने समय घर्किसकेको बताउनुभयो ।

प्रवक्ता पाण्डेका अनुसार कोभिड १९ को महामारी तीब्र ढंगले बढ्दै गएकाले भर्चुअल बैठक संञ्चालन गर्नुपरेमा पनि त्यस किसिमको प्राविधिक तयारी सचिवालयले गरेको छ । तर भर्चुअल बैठकका लागि कानूनी संरचनाले बाधा पु¥याउने उहाँले बताउनुभयो ।

संविधान र संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभा कार्यसञ्चालन नियमावलीले भौतिक रुपमा उपस्थित भएर बैठक संञ्चालनलाई मात्रै आधिकारीक मानिने र उपस्थितिका लागि हस्ताक्षर गर्नैपर्ने भएकाले भर्चुअल बैठकलाई कानूनी मान्यता दिने अवस्था नरहेको उहाँले बताउनुभयो । तर अवस्था आएमा प्राविधिक रुपमा सचिवालय दुरुस्त रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *